उममेयरका श्रीमानले सरकारी गाडी दुरुपयोग गरेपछि

Posted On    Author    Category सामाजिक.

ललितपुर, ४ चैत । बिदाका दिन दुरुपयोग गरिएका ५१ वटा सरकारी गाडी महानगरीय ट्राफिक प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा बिदाका दिन दुरुपयोग गरिएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको लागि सरकारले दिएको गाडी उनका श्रीमानले दुरुपयोग गरी दरबारमार्गमा साथीभाइ लिएर रेष्टुरेन्टमा खानपिन… Read more »

चालक र सहचालकलाई आजदेखि पोशाक अनिवार्य

Posted On    Author    Category सामाजिक.

काठमाडौं– रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले शुक्रबारदेखि पोशाक लगाउन थालेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन्। रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक… Read more »

युनाइटेड स्कुलको बस झरुवारासीमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

सन्तोष दाहाल,ललितपूर। बिहीबार बिहानै सातदोबाटोस्थित युनाइटेड स्कुलको स्कुल बस गोदावरी नगरपालिका १३,झरुवारासीमा दुर्घटनामा परेको छ । बिहान विद्यार्थी लिन आउने क्रममा सोल्टीमोडमा सडकबाट मुनि खेतमा खसेर बस कोल्टो परेको हो । विद्यार्थी लिन आउने क्रममा बस खाली रहेकोले मानवीय क्षति भने हुन पाएन । सहचालकले गाडी चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । चालक र… Read more »

विदेशमा नर्सिङ पढ्न अब काउन्सिलको स्वीकृति अनिवार्य

Posted On    Author    Category शिक्षा.

काठमाडौं, २७ फागुन । नर्सिङ पढ्न विदेश जाने विद्यार्थीले नेपाल नर्सिङ काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । विदेशमा नर्सिङ पढेर आएका विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी नियमन गर्ने उदेश्यले नेपाल सरकारले सचिवस्तरीय निर्णय गरी सो नियम लागू गरेको हो । विदेशमा नर्सिङ पढ्न जाँदा अध्ययन स्वीकृति लिनुपर्ने प्रावधान १८ फागुनमा बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको… Read more »

आइतबार चापागाउँ–खुमलटार सडक खण्ड विहान बन्द !

Posted On    Author    Category सामाजिक.

ललितपुर, फागुन २६ । चापागाउँ–खुमलटार सडकखण्ड आइतबार विहान ७ः३० देखि ९ः०० बजेसम्म बन्द हुने भएको छ । स्थानीय सरोकारवालाहरुले उक्त सडकखण्डको मर्मत नभएकोले दबाब स्वरुप बन्द गर्न लागेको वडा नं. १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले दैनिकीन्युजलाई जानकारी दिए । उनका अनुसार बन्दलाई उक्त क्षेत्रका नागरिक समाज, वडा नं. १४ र १५ को समेत समर्थन… Read more »

खुमलटारका स्थानीय भन्छन्- अब सडकै बन्द गर्दिन्छौं

Posted On    Author    Category सामाजिक.

वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो। वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे। त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार। मूल सडककै नयाँ घरको भुइँतलामा महिनाको ४५ हजार पर्ने दुइटा सटर भाडामा लिए। साजसज्जा गरे।… Read more »

फेरी अर्को बालक शैक्षिक भ्रमणबाट बेपत्ता

Posted On    Author    Category सामाजिक.

ललितपुर — जिल्लाको भट्टेडाँडा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययरत एक विद्यार्थी हराएका छन् । शैक्षिक भ्रमणका लागि स्वयम्भूमा पुर्‍याइएका ११ वर्षीय बुद्धराज थिङ शुक्रबार अपराह्न करिब ४ बजे हराएका प्रिन्सिपल सीताराम चौधरीले जानकारी दिए । उनका अनुसार छाउनी संग्रहालय हुँदै स्वयम्भू स्तूपसम्म पुगेको विद्यार्थी चढेको गाडी घर फर्कने क्रममा गणना गर्दा थिङ बेपत्ता भएको… Read more »

जनसंख्याको आधारमा सहकारी दर्ता

Posted On    Author    Category अर्थ.

यादव हुमागाईं । बचत तथा ऋण सहकारी संस्थाको दर्ता जनसंख्याका आधारमा हुने भएको छ । आवश्यकताभन्दा बढी सहकारीका कारण अस्वस्थ प्रतिस्पर्धा भएपछि संख्या घटाउन सरकारले यस्तो योजना अघि सारेको हो । सहकारी तथा गरिवी निवारण मन्त्रालयले बनाएको सहकारी नियमावली—२०७४ को मस्यौदामा जनसंख्याका आधारमा मात्र बचत तथा ऋण सहकारी दर्ता गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ… Read more »